नेपाली भेट्रान टोली सेमिफाइनलमा

भारतको गुहावटीमा भइरहेको अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा नेपाली टोली सिएमजी क्लब सेमिफाइनल प्रवेश गरेको छ । शनीबार भएका दुवै खेलमा जित हात पारेको सिएमजी समुहमा पहिलो हुदै सेमिफाइनल प्रवेश गरेको हो ।
शनीबार नेपाली क्लबले आसाम युनाइटेडलाई ४–० ले तथा भाइचुङ भुटिया सम्मीलीत सिक्कीम युनाइटेडलाई २–१ ले हराएको हो ।

Comment