युवराज, सुसान र नवीनको अग्रता

पुष्प सदन आवासीय मा. वि. कीर्तिपुरद्वारा आयोजिते मृदुषा श्रेष्ठ स्मृति राष्ट्रव्यापी खुल्ला चेस प्रतियोगिताको खुला स्पर्धामा स्याङ्जाका युवराज पौडेल सहित सुसान गौतम र काभ्रेका नवीन कुमार चौधरी समान ५ अङ्कका साथ अग्रस्थानमा छन् । यसै गरी मखन चेस क्लबका भेट्र«ान राजेन्द्रप्रसाद श्रेष्ठ, झापाका राजेन्द्रकुमार पराजुली, बिराज पुडासैनी, महेश्वरलाल डङ्गोल, हरिश चन्द्र चौलागाइ., मीनबहादुर लामा, गोविन्दप्रसाद पौडेल, केशव मानन्धर, दीपेश गिरी, भरत धिमाल, विजय मगर, अविरल राई, रामहरि कार्की, सीताराम अग्रवाल र अर्जुन घिमिरे ४ अङ्क जोड्दै चौथो स्थानमा रहेका छन् । प्रतियोगितामा १८०० भन्दा कम रेटिङका खेलाडी मात्र सहभागी हुने प्रावधान छ ।
आयोजक विद्यालयले दिएको जानकारी अनुसार शुक्रवार अन्तर विद्यालयका छात्र र छात्राहरूका बिच खेल हुने छन् । सुरु हुनेछन् । सब–जुनियर (कक्षा १ देखि ४), जुनियर (कक्षा ५ देखि ७) र सिनियर (कक्षा ८ देखि १०) गरी तीन समूहमा हुने उक्त प्रतियोगितामा नेपालभरका कुनै पनि विद्यालयबाट छात्र र छात्राहरूले भाग लिन पाउने छन् । खुल्ला तथा विद्यालय दुवैतर्फका अन्तिम चरणका खेलहरू शनिवार सम्पन्न हुनेछन् ।
खुला तर्फ ८ जना महिलासहित १३० जना खेलाडीहरू सहभागी छन् । स्विस लिग अन्तर्गत ७ चरणमा हुने प्रतियोगितामा शनिवार ३ खेलहरू सम्पन्न भएको थियो ।
खुल्लातर्फ प्रथम हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार र चौथौंले ४ हजार नगद पुरस्कार पाउनेछन् । त्यसै गरी पाँचौँदेखि उत्कृष्ट दश स्थानमा पर्ने प्रत्येक खेलाडीले १ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फ प्रथमले ५ हजार, दोस्रोले ३ हजार, तेस्रोले २ हजार र चौथौंले १ हजार पुरस्कार हात पार्नेछन् ।

Comment