एनआरटी चौथो स्थानमा उक्लियो


कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको बिहीबार भएको खेलमा फ्रेन्ड्स क्लबले च्यासल युथ क्लबलाई १–० ले पराजित गरेको छ । फ्रेन्ड्सलाई जित दिलाउने क्रममा ८४ औ मिनेटमा उत्तम राईले विजयी गोल गरे । उनी केल्मे म्यान अफ द म्याच घोषित भए ।
बिहीबार नै भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइज क्लब(बिबिसी)लाई २–० ले पराजित गर्दै अङ्क तालीकाको चौथो स्थानमा उक्लेको छ । एनआरटीका लागि दुवै गोल राजेश परियारले गरे । सो खेलमा विजयी टोलीका श्याम बाबु क्यापछाली म्यान अफ द म्याच घोषित भए ।
नौ चरणको समाप्तिमा आर्मी क्लब २० अङ्क सहित शीर्ष स्थानमा छ भने मच्छिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबको १९ अङ्क छ । एनआरटीको १५ अङ्क छ । पराजित बिबिसी ८ अङ्क सहित ११ औ स्थानमा छ । यसै गरी, फ्रेन्ड्स क्लब ११ अङ्क सहित नवौँ स्थानमा छ । च्यासल नौ अङ्क सहित १० औ स्थानमा छ ।

Comment