ढुकु, एरिना र एबीसीको जित

तेस्रो महिला प्रिमियर फुटसल लिग अन्तर्गत शनिवार भएको खेलमा ढुकु फुटसल, फुटसल एरिना, कुमारी फुटसल र एबीसीले जित हात पारेका छन् ।
मण्डिखाटारस्थित ग्रासरुट रिक्रेसनल सेन्टर भएको तेस्रो संस्करणको महिला प्रिमियर लिग फुटसल अन्तर्गत दोस्रो साताको खेलमा ढुकुले दि माइटी महिलाजलाई १५–२ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । यस्तै फुटसल एरिनाले लाखुर फुटसललाई ३–१, कुमारी फुटसलले बर्सा नेपाललाई ३–२ तथा एबिसीले एमयुएफसी नेपाली गल्सलाई ४–२ ले स्तब्ध पारेका हुन् ।
युरोपियन युनियनको मुख्य प्रायोजनमा ६ सातासम्म सञ्चालन हुने प्रतियोगिता हरेक साताको शनिवार मात्र खेल हुनेछ । महिलाहरूलाई खेलमा सक्रियता बढाउने उद्देश्यका साथ सञ्चालन गरिएको प्रतियोगितामा शनिवार दोस्रो साताका खेल सम्पन्न हुँदा कुमारी फुटसलले तीन खेलमा स्पष्ट जित निकाल्दै शीर्षता कायम राखेको छ । कुमारीको ९ अङ्क रहेको छ । समान ३ खेल खेलेबाट २ मा जित निकाल्दा समान ७ अङ्क जोडेका ढुकु फुटसल, लाखुर फुटसल, फुटसल एरिना र एबिसी क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । तीन खेलबाट एकमा मात्र जित निकालेको एमयुएफसी नेपाल गल्र्स छैटौँ स्थानमा अटाउँदा बर्सा नेपाल र दि माइटी महिलाज जित विहीन छन् ।


८ टोलीको सहभागिता रहेको प्रतियोगिताका विजेतालाई प्रायोजकले नेपालमा नै उत्पादन भएका सामग्री पुरस्कार प्रदान गर्नेछ ।

Comment