जितबहादुर केसी सम्मानित


कखरा स्कुलले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
कखराको दोश्रो वार्षिक खेलकुद दिवसका अवसरमा केसीलाई सम्मान गरिएको हो । कखराका प्रबन्ध सञ्चालक उमानाथ निरौला र संस्थापक प्रिन्सिपल निशा न्यौपाने घिमिरेले केसीलाई प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे ।
फिलिपिन्सको मनिलामा १९७३ मा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपको म्याराथनमा केसीले कांस्य जितेका थिए । पहिलो वार्षिक खेलकुद दिवसमा कखराले करातेका पर्शुराम बाँस्तोलालाई सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले विभिन्न खेलका विजेताहरुलाई पुरस्कार वितरण पनि गरेका थिए ।

Comment