मृदुषा स्मृति बुद्धिचालको तयारी पुरा

मृदुषा स्मृति खुला तथा अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक पुष्प सदन आवासीय माविको प्राङ्गण कीर्तिपुरमा हुने खेल यस साताको शनिवार तथा आगामी साताको बिहीबार र शनिवार( माघ ११,१६ र १८ गते) हुने छ । प्रतियोगिता स्विस लिग प्रणालीमा हुने छ । प्रतियोगितामा १८०० भन्दा कम रेटिङ भएका खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगिताका उपाधि विजेताले २० हजार,उपविजयीले १० हजार तथा तेस्रो हुनेले सात हजार रुपैयाँ पुरस्कार पाउने छन् । महिला तर्फ शीर्ष तिन स्थानमा हरेन खेलाडीले ५ ,३ र २ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Comment