सेना र एपिएफ फाइनल प्रवेशका लागि भिड्ने

नेपाल भलिबल सङ्घको आयोजनामा पाँचौँ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को पुरुष तर्फ नेपाल आर्मी क्लब र सशस्त्रको एपिएफ क्लबबिच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने भएको छ । यस्तै अर्को सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस् क्लब बिच प्रतिस्पर्धा हुने भएको छ ।
बुधवार भएको पहिलो क्वाटरफाईनल खेलमा आर्मीले मणि मुकुन्द भलिबल क्लबलाई २५–१९, २५–१८, २५–१७ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । यस्तै अर्को विभागीय टोली एपिएफले बुद्ध टोल युवा भलिबल क्लबलाई २५–१८, २५–१७, २५–११ ले पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको हो ।
सेमिफाइनल प्रवेश गर्ने क्रममा नेपाल पुलिस क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई २५–११, २५–९, २५–१२ ले पराजित ग¥यो । अव सेमिफाइनलमा पुलिसको भेट हेल्प नेपाल स्पोर्टस् क्लबसँग हुने भएको छ । हेल्प नेपालले बुलबुले रारा क्लबलाई २५–१६, २५–२०, २५–१९ ले हरायो । प्रतियोगिताको सेमिफाइनल बिहीबार हुने भएको छ ।

Comment