आयोजक एभरेस्ट च्याम्पियन

एभरेस्ट मार्सल आर्ट कराँते च्याम्पियनसिपमा आयोजक एभरेस्ट मार्सल आर्ट ट्रेनिङ क्लब पहिलो भएको छ । उपाधि हात पार्ने क्रममा एभरेस्टले ७ स्वर्ण, ९ रजत र ११ कांस्य पदक जित्यो । यसै गरी ५स्वर्ण र ४ कांस्य सहित बङ्गलामुखी डोजो दोस्रो भयो । ४ स्वर्ण, २ रजत र एक कांस्य जितेको लुभु डोजो तेस्रो भयो । बङ्गलामुखी डोजोका मनिष स्याङतान पुरुष तर्फ तथा आयोजक टोलीकी सुविधा गौतम महिला तर्फ उत्कृष्ट खेलाडी भए । विजयी खेलाडीलाई राष्ट्रिय गोजुरियो कराँते सङ्घका अध्यक्ष तथा ऊर्जा व्यवसायी गणेश कार्कीले पुरस्कार प्रदान गरे । सबै भन्दा कम तौल समूह १५ किलोमा अन्भी शाहीले स्वर्ण,वंशीका गुरुङले रजत तथा समिरा श्रेष्ठले कांस्य पदक जिते ।


प्रतियोगिता बा प्रतिभा पहिचान गर्ने सोचले सञ्चालन गरिएको प्रशिक्षक रवि शाहीले जानकारी दिए । प्रतियोगिताको प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरे । उद्घाटन समारोहमा नेपाल कराँते महासङ्घका महासचिव हरिशरण केसी, नेपाल गोजुरियो कराँते महासङ्घका महासचिव बलराम मित्राको पनि उपस्थिति थियो । सो कार्यक्रममा वरिष्ठ प्रशिक्षक अकबर शाह तथा प्रशिक्षक वीरकृष्ण शाही, संघरत्न महर्जन, मधु लामा र विनोद शाक्यलाई सम्मान गरियो शाक्य ११ औ सागका स्वर्ण पदक विजेता तथा १३ औ सागका कांस्य पदक विजेता हुन् । प्रतियोगिता आयोजक क्लबकी कार्यकारी प्रमुख रञ्जिता रिजालको सभापतित्वमा भएको थियो ।

Comment