खड्का र थापा सम्मानित

नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा निर्णायकको भूमिका निर्वाह गरेका तेक्वान्दोका अशोक खड्का र प्रशिक्षक गल्फका धनबहादुर थापालाई कागेश्वरी मनोहरा नगरपालिकाले शुक्रवार नगदसहित सम्मान गरेको छ ।
सागमा आबद्ध कागेश्वरी मनोहरा नगरपालिकामा बसोबास गर्नेलाई सम्मान गरिएको हो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुवैलाई जनही २५ हजार र सम्मान पत्र प्रदान गरी सम्मान गरे । खड्काले ग्योरोगी र पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । सागमा दोहोरो स्वर्ण जित्ने तीन खेल मध्ये एक गल्फ हो । गल्फमा सुवास तामाङले दोहोरो स्वर्ण जितेका थिए ।

Comment