लन टेनिस टोली फिलिपिन्स प्रस्थान

आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लन टेनिस टोली शनिवार फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् ।
जनवरी १३ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस सङ्घका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
पुरुषमा आरभसम्राट हाडा र अकी जुवेन रावत तथा महिलामा शुभाङ्गीलक्ष्मी शाह र इभा अधिकारीले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा छेवाङ लामा छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस सङ्घका महासचिव मनोहर दास मूल र सदस्य अजय विष्टले शनिवारै सातदोबाटोमा एक कार्यक्रमबिच बिदाइ गरे ।

Comment