रामेछापमा भगवतीको सम्मान


खेलकुदको माध्यमबाट देशको नाम उज्ज्वल बनाउन सफल भएको भन्दै मन्थली नगरपालिकाले मार्सल आर्टीस्ट भगवती माझीलाई सम्मान गरेको छ । कुरास र साम्बो दुई खेलमा ठुला सफलता हात पारेकी उनी कुनै समय मुक्केवाजको खेलाडी समेत रहेकी थिइन् । मिक्स मार्सल आर्टको उनी व्यवसायीक खेलाडी समेत हुन् । उनलाई सम्मान स्वरूप १ लाख रुपैयाँ प्रदान गरिएको हो ।

Comment