नयाँ भूमिकामा क्षितिज

सात वर्ष अघि क्षितिज भण्डारीलाई एउटा नसा लागेको थियो । बुद्धिचालको ६४कोठमा आफूलाई भुलाउने यी युवा ठिक सात वर्ष पछि रङ्ग दुनियाँमा प्रस्तुत हुने तयारीमा छन् । हो उनको यसै भूमिकाले भिन्न खाले नसाले जीवनमा पु¥याउने असर र प्रभाव प्रस्ट देखिएको छ । सात वर्ष अघिको त्यो ६४ कोठाको नसाले उनलाई नाम, इज्जत र सामाजिक प्रतिष्ठा दिलायो ।
जीवन र अभिनय फरक हो । जीवनमा सामाजिक प्रतिष्ठा पाएको उनी यो डिजिटल दुनियाँमा प्रभाव छाड्ने प्रविधिको मार्फत खराब नसाको कारण जीवन कसरी क्षत विक्षत हुन्छ भन्ने प्रस्ट पार्न सफल छन् । नेचुरल मुभी मेकर्सको निर्माणमा तयार हुँदै गरेको नसामा क्षितिज एउटा मादक पदार्थले उन्मत्त युवाको भूमिकामा छन् । नेपाली चेसमा प्रतिभा साली खेलाडीको छाप छाडेका उनी ओलम्पियाडको अनुभव समेत भइसकेका खेलाडी हुन् ।


साथमा रहेकी छन्, आस्मा तिवारी, मदनसिंह डङ्गोल, अभिना कार्की र सुरेन्द्र बराल । आस्माको हकमा मुख्य भूमिकाकामा यो पहिलो प्रस्तुति भए पनि भिन्न म्युजिक भिडियो र चलचित्रको अनुभव भने छ । पेसाले चिकित्सा क्षेत्रमा सक्रिय आस्मा दुवै क्षेत्रमा उत्तिकै सफल हुने कुरामा विश्वस्त छिन् । कुल १५ देखि २० मिनेट हाराहारीको यो सर्ट मुभीले समाजलाई नयाँ पाठ दिने नै छ । साथै रङ्ग दुनियाँमा क्षितिजको महत्त्वपूर्ण पाइला पनि हुन सक्ने छ । प्रकास थापाको यो यस सर्ट मुभिमा सञ्जय लामाले मुख्य निर्देशकको भुमिका निर्वाह गरेका छन् । यसैगरी, नृत्य निर्देशकको जिम्मेवारी देवराज रोकायले पुर गरेका छन् । ऋंगारको काम रोजिना तामांगले सम्हालेकी छिन् । जयराम थापाको छायांकन रहेको सर्ट मुभि सुरज पन्तको निर्माण नियन्त्रणमा तयार हुन लागेको हो । कमल राई यसका प्राविधिक निर्देशक हुन् । तारामान श्रेष्ठ यसका सह निर्माता हुन् ।

Comment