समृद्ध रुकुम चेसको उपाधि ऋषभलाई


तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगिताको उपाधि भारतका ऋषभ निसादले जितेका छन् । उनले अन्तिम चरणमा साविक विजेता सुमित पन्तलाई हराउदै ७.५ अंक सहित पहिलोे स्थान पारेका हुन् । उपाधि धारी निसादले ५० हजार रुपैया पुरस्कार पाए । प्रतियोगितामा ७ अंक सहित मदनकृष्ण कायस्थ दोश्रो तथा कृष्ण थापा तेश्रो भए । ६.५ अंक भएका राजन सुबेदी चौथो तथा सुमित पन्त पाचौ भए । उपविजेता कायस्थले ३० हजार तथा तेश्रो हुनेले २० हजार रुपैया पुरस्कार पाए । चौथो हुने सुबेदीले १६ तथा पन्तले १५ हजार रुपैया पुरस्कार पाए ।
६ अंक भएका नविन तण्डुकार, बद्री लाल नेपाली, विधार रुतुम्बरा, मिलन लामा र सुमन राइ छैठौ देखि १० औ स्थानमा रहे ।यसैगरी, प्रदेशमा ५ मा मिलन रोक्का पहिलो र सुरेस चौधरी दोश्रो,पूर्व रुकुममा ववी देवल पुन र पश्चिम रुकुमका खिम बहादुर पुन पहिलो भए । ५० वर्ष माथि दिपेन्द्र पुन, १४ वर्ष मुनी गितान्स सेठ,१८ वर्ष मुनी युवराज पौडेल, अनरेटेडमा सुरेन्द्र थापा,१२०० मुनी दिपक धामी, १६०० मुनी,संकल्प आरोहा,तथा १९९ सय मुनी सौरभ चौवे पहिलो भए । महिला तर्फको पुरस्कार सुजना लोहनी र नमन सेढाइले पाए ।

विजयी खेलाडीलाई प्रमुख अतिथी प्रमुख अतिथी प्रदेश सभा सदस्य देवी ओलीले पुरस्कार प्रदान गरिन् । पुरस्कार वितरण समारोहमा नेपाल चेस संघका महासचिव हेराकाजी मर्हजन, प्रतियोगिता संयोजक सुवोध राज सेर्पाली प्रतियोगिता निर्देशक ई.प्रदिप कुमार खत्री र चेस संघका सदस्य यज्ञराज पन्त लगायतको उपस्थिती थियो ।
स्वीस लिग चरणमा नौ चरणमा सञ्चालीत प्रतियोगितामा नेपाल र भारतका गरी ६६ जना खेलाडीको सहभागिता रहेको थियो । रुकुममा चेस खेलको विकासका साथै यहाँको पर्यटकीय महत्वलाई प्रस्फुटित गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक कमिटीका प्रमुख सेर्पालीले वताए ।

Comment