समृद्ध रुकुम चेसमा सुमितको उपाधि रक्षाको सम्भावना यथावत


तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगितामा साविक विजेता सुमित पन्तको उपाधि रक्षाको सम्भावना यथावत रहेको छ । खराव सुरुवात गरेको सुमितले दोश्रो चरणमा नै पराजयको सामना गरे पनि यस पछि राम्रो कमब्याक गरेका हुन् ।
आठ चरणको समाप्तीमा सुमित र ऋषभ निसादको समान ६।५ अंक छ । सातौ चरणमा राजन सुबेदीसंग बराबरी गरेका सुमितले आठौ चरणमा डब्लुएफएम विधार रुदुम्बरालाई हराएकी हुन् । सातौ चरणमा बद्री लाल नेपालीलाई हराए पछि रुदुम्बराको अग्रता रहेको थियो । ऋषभले सातौ चरणमा मिलन लामालाई पराजित गरेका हुन् ।
प्रतियोगितामा रुदुम्बरा सहित मदनकृष्ण कायस्थ र कृष्ण थापाको ६ अंक छ । आठौ चरणमा मदनले नविन तण्डकाुर तथा कृष्णले खोम प्रसाद तिमल्सीनालाई हराएका हुन् । यसैगरी, मिलन लामा, राजन सुबेदी, नविन तण्डुकार,आशिष फुयौल, सुरविर लामा,बद्री लाल नेपाली, सुमन राइ र विवेक श्रेष्ठको ५।५ अंक छ ।
स्वीस लिग चरणमा नौ चरणमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी ६६ जना खेलाडीको सहभागिता रहेको छ ।
रुकुममा चेस खेलको विकासका साथै यहाँको पर्यटकीय महत्वलाई प्रस्फुटित गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक कमिटीका प्रमुख सेर्पालीले वताए । प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैया पुरस्कार पाउने छन् ।

Comment