समृद्ध रुकुम चेसमा उपाधि होड खुला

तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगिताको उपाधि होड अझ खुला बनेको छ । एक दिन अघि एकल अग्रता लीएका बद्री लाल नेपाली बिहिबार भएको दुवै खेलमा बराबरीमा रोकिदाँ सुमित पन्त र डब्लु एफएम रुतुम्बरा विधारले दुवै खेलमा जित हात पारे । छैठौ चरणको समाप्तीमा नेपाली सहित रुतुम्बरा पन्त र राजन सुबेदीको समान ५ अंक छ । बद्रीले छैठौ चरणमा राजनसंग बराबरी गर्नु अघि पाचौ चरणमा कृष्ण थापासंग बराबरी गरेका थिए । राजनले पाचौ चरणमा हरिश शर्मालाई हराएका थिए । रुतुम्बराले हितेस जरिया र नविन तण्डुकारलाई हराए पछि संयुक्त अग्रता कायम गरेकी हुन् । यसैगरी पन्तले डब्लुएफएम सुजना लोहनी र सुमन राइलाई हराए ।
प्रतियोगितामा नविन तण्डकाुर,मिलन लामा,सोरभ चौधरी र ऋषभ निसादको ४.५ अंक छ । स्वीस लिग चरणमा नौ चरणमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी ६६ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता शनीबार सम्पन्न हुने छ ।
रुकुममा चेस खेलको विकासका साथै यहाँको पर्यटकीय महत्वलाई प्रस्फुटित गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक कमिटीका प्रमुख सेर्पालीले वताए । प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैया पुरस्कार पाउने छन् ।

Comment