एसओएसमा खेलकुद सप्ताह

एसओएस हर्मन माइनर विद्यालय काभ्रेमा वार्षिक खेलकुद सप्ताह सुरु भएको छ । मङ्गलवार पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले उद्घाटन गरे । उद्घाटन समारोहमा एसओएसका शिक्षा निर्देशक डा.गङ्गा बहादुर गुरुङ लगायतको उपस्थिती थियो । समारोहमा विद्यालयका विद्यार्थीहरूले आफ्नो कला समेत प्रस्तुत गरेका थिए ।
सोही दिन भएको दौडमा विजयी खेलाडीलाई मेयर न्यौपाने पुरस्कार प्रदान गरे । सोही दिनको कार्यक्रममा एसओएस भिलेजका निर्देशक सुरेन्द्र अमागाइले पनि आफ्नो धारणा राखेका थिए ।

Comment