विश्व भोभिन्म च्याम्पियनसीपमा नेपाललाई दुइ पदक

कम्बोडीयाको नोमफेनमा भएको छैठौ विश्व भोभिन्म मार्सल आर्ट च्याम्पियनसिपमा नेपाली खेलाडीले दुई पदक जितेका छन् । पुरुष ५१ किलोमा सुवास परियारले रजत तथा ५७ किलोमा शङ्कर भुजेलले कांस्य पदक जितेका हुन् । पदक विजेता दुवै खेलाडी नेपाल मार्सल आर्ट हाप्कीडो एसोसिएसनमा समेत आबद्ध छन् ।


रजत जित्ने क्रममा सुवास म्यानमा र बङ्गलादेशका खेलाडीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् । फाइनलमा उनी कम्बोडीयाका खेलाडीसँग पराजित भए । यसै गरी, शङ्कर लाओसका खेलाडीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरे पनि सेमिफाइनलमा भियतनामका खेलाडीसँग पराजित भएका हुन् । प्रतियोगितामा २१ देशका खेलाडी सहभागी थिए । शंकरको यो भोभिन्म च्याम्पियनसिपमा जितेको दोस्रो पदक हो ।

Comment