जुडोमा पुनमलाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छिन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा महिला ७८ केजीमुनि तौल समूहमा स्वर्ण जितेकी हुन् । यस स्पर्धामा भारतले रजत र श्रीलंकाले दुवै कास्य जितेको छ ।

यस्तै महिला ७० केजी तौल समूहमा नेपालकी विनिता मगरले रजत जितेकी छिन् । यस स्पर्धामा भारतले स्वर्ण र श्रीलंकाले कास्य जितेको छ । पुरुष ९० केजी तौल समूहमा नेपालका श्रीराम मकाजूले कास्य जिते । भारतले स्वर्ण जित्दा पाकिस्तानले रजत जितेको छ ।

पुरुष १०० केजी तौल माथिको पुरुषमा नेपालका राजन जोशीले कास्य जिते । यस स्पर्धामा पाकिस्तानले स्वर्ण, भारतले रजत र थप कास्य श्रीलंकाले छ । पुरुष १०० केजी मुनि नेपालका रमेश बहादुर चन्दले कास्य जिते । पाकिस्तानले स्वर्ण र भारतले रजत तथा श्रीलंकाले थप एक कास्य जित्यो ।

महिला ७८ केजी माथि नेपालका आकृति जोशीले रजत जितिन् । भारतले स्वर्ण जित्दा श्रीलंका र पाकिस्तानले कास्य जित्यो ।

पुरुष ८१ केजी मुनी भारतले स्वर्ण जित्दा पाकस्तिानले रजत जिते। त्यस्तै श्रीलंका र बंगलादेशले कास्य जिते ।

Comment