टेनिसमा नेपाललाई पाँच कास्य, सागमा छाइ्न् प्रेरणा

दक्षिण एसियाली खेलकुद अन्तर्गत टेनिसमा नेपालले पाँचवटा कास्य पदक जितेको छ । सातदोबाटोस्थित लनटेनिस कोर्टमा शनीबार तीनवटा विधाको सेमिफाइनलमा पराजित भएसँगै नेपाली खेलाडी कास्यमा सिमित बनेका हुन् । यसअघि नेपालले टिम इभेन्टको महिला र पुरुषतर्फको विधामा कास्य पदक जितेको थियो ।

महिला सिंगल्सको सेमिफाइनलमा प्रेरणा दोस्रो वरियताकी भारतीय खेलाडी सत्विका समासँग ६–० र ६–० ले पराजित भइन् । समाले स्वर्ण पदकका लागि आफ्नै देशकी सौजन्या भाबिसेट्टीसँग प्रतिष्पर्धा गर्नेछिन् । भाबिसेटीले सेमिफाइनलमा श्रीलंकाकी अनिका चोले सेनेभिरत्नेलाई ६–२, ७–६(४) ले हराएकी थिइन् ।

महिला डबल्समा नेपालका दुई जोडी सेमिफाइनलमा पराजित भए । प्रेरणा कोइराला र सलोनी तामाङको जोडी भारतका श्रब्या शिभानी चिलकलापुडीसँग ६–४ र ६–३ को सेटमा पराजित हुँदै कास्यमै सिमित बने । अर्को सेमिफाइनलमा अभिलाष विष्ट र आइरा मेहेमिसा रावतको जोडी भारतका प्रेरणा भाम्ब्री र प्रार्थना गुलाबराओ थोम्ब्रेको जोडीसँग ६–० र ६–० ले हारे ।

पुरुष डबल्सतर्फ श्रीयाम बालाजी नारायणस्वामी र जिवन नेदुनचिझियानको जोडीले पाकिस्तानका अकिल खान र अइसम उल हक कुरेसीको जोडीलाई ७–५ र ६–३ ले हराउँदै फाइनलमा पुगे । अर्को सेमिफाइनलमा भारतका विष्णुवर्दन जगदिसन र सकेथ साई मिनेनीको जोडीले पाकिस्तानका मोहम्मद अविद र मुजामिल मुर्तजाको जोडीलाई ६–३ र ६–२ ले हराउँदै फाइनलमा पुगे ।

भारतले यसअघि टिम इभेन्टको दुबै स्वर्ण पदक जितेको थियो भने पुरुष सिंगल्स, महिला सिंगल्स, पुरुष डबल्स र महिला डबल्सको फाइनलमा पुगेसँगै ६ स्वर्ण सुरक्षित गरेको हो ।

मिक्स डबल्समा पनि भारत र पाकिस्तानका दुई टोली सेमिफाइनलमा पुगिसकेका छन् ।

Comment