भुपेनले दिलाए नेपाललाई तेक्वान्दोको १२ औ स्वर्ण, पुरानो साख फर्काउने प्रयासमा

१३ औ साग अन्तरगत तेक्वान्दोको अन्तिम दिन नेपालले थप एक स्वर्ण पदक जितेको छ । ८७ किलो तौल समुहको फाइनलमा नेपालका भुपेन श्रेष्ठले भारतका अक्षय होडालाई २९–२७ ले हराउदै स्वर्ण पदक जितेका हुन् ।

,टिम प्रथम भए पछि मुख्य प्रशिक्षकसंग खुसी साट्दै खेलाडीहरु


अन्तिम दिन किरण आलेले ८० किलो तौल समुहमा रजत पदक जिते भने मनिता शाहीले पनि ७३ किलोमा रजत पदक जितिन् । ६७ किलो तौल समुहमा अप्सरा कार्कीले पनि रजत पदक जितिन् । ४९ किलोम युनिसा राइ तथा ५८ किलोमा गोविन्द आलेले काश्य पदक जिते ।


यस सागमा तेक्वान्दोले कुल १२ स्वर्ण पदक जितेको छ । भुपेन श्रेष्ठ सहित कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादनको तेश्रो स्वर्ण पदक पुगेको छ । यस अघि काजल श्रेष्ठ र सक्षम कार्कीले स्वर्ण पदक जितेका थिए ।

Comment