सन्तोषीको महत्वपूर्ण सफलता १० हजार मिटर दौडमा स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत महिला १० हजारमा नेपाली सन्तोषी श्रेष्ठले स्वर्ण जितिन् ।

पहिलो ल्यापबाटै अग्रता लिएकी सन्तोषीले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् ।यता १ मिलिसेकेण्डले पछि पर्दै भारतक कबिता यादबले रजतमा चित्त बुझाइन् ।श्रीलंकाकी निलन्थी लंकाले ३५.५९.०२ मा निर्धारित दौड पुरा गर्दै कास्य पदक हात पारिन् । सन्तोषीको स्पीड र इन्डुरेन्स दुवै राम्रो भएका कारण नेपाली बृत्तले सुरुमा पेस घटाउने र पछि मात्र बढाउन आबस्यक ठानेको थिएन । इन्डुरेन्स भएका कारण सुरुमै पेस कायम गर्ने र अन्तिममा स्पीड कुद्न सक्ने भएकाले सन्तोषीबाट राम्रो परिणामको आशा राखेको एथलेटिक्स प्रशिक्षक सुसील नरसिंह राणा वताउछन् ।
कुनै समय लामो दुरीमा राम्रो मानीएको नेपालका लागि मध्यमदुरीको हकमा साग खेलकुदमा यो सबैभन्दा महत्वपूर्ण सफलता हो । फादर स्पोर्ट्सको रुपमा रहेको एथलेटिक्सको यो स्वर्ण पदक सम्भवतः जारी महोत्सबमा नेपालका लागि सबैभन्दा महत्वपूर्ण सफलताको रुपमा पनि रहन सक्ने छ ।

१५ सय मिटर (पुरूष)

१३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत १५ सय मिटर (पुरूष) दौडमा नेपालका टंक कार्कीले कास्य जितेका छन् ।

मंगलबार बिहान भएको खेलमा नेपालका टंक कार्कीले निर्धारित दुरी ३ÞÞ ५९ २० मा पुरा गरे ।भारतका अजय कुमार सारोले निर्धारित दुरी ३ÞÞ ५४ १८ मा पुरा गर्दै स्वर्ण हात पारे ।त्यस्तै भारतका अजित कुमारले निर्धारित दुरी ३ÞÞ ५७ १८ मा पुरा गर्दै सजत जिते

१५ सय मिटर (महिला)

यता महिला १५ सय मिटरमा श्रीलंकाककी निलानी रत्नानायकेले निर्धारत दुरी ४ ३४ ३४ मा पुरा गर्दै स्वर्ण हात पार्दा भारती चन्दाले ४ ३४ ५१ र चित्रा पालाकिजले ४ ३५ ४६ मा पुरा गर्दै क्रमश रजत र कास्यपदक जिते ।

१ सय मिटर पुरुष

१३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत सय मिटर (पुरूष) दौडमा माल्दिभ्सका शाइद हसनले स्वर्ण पदक जितेका छन् ।

हसनले निर्धारित दुरी १०.४९ं मा पुरा गरे श्रीलंकाका हिमासा एहेसाहनले निर्धारित दुरी १०.५० मा पुरा गर्दै रजत जिते भने पाकिस्तानका सामिउल्लाहले १०.६६ मा निर्धारित दुरी पुरा गर्दै कास्यपदक जिते ।

महिला १ सय मिटर

१३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत सय मिटर (महिला) दौडमा भारतकी अर्चना सुसिन्तले स्वर्ण पदक जितिन् ।

अर्चनाले ११.८० सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् ।

श्रीलंकाकी थनुजी अमासाले निर्धारित दुरी ११.८२ सेकेण्डमा पुरा गर्दै रजत जितिन भनेश्रीलंकाकै लंसिका सुगन्धले निर्धारित दुरी ११.८४ सेकेण्डमा पुरा गर्दै कास्य जितिन् ।

पुरुष हाइजम्प

यता पुरुष हाइजम्पमा भारतका सर्वेश अनिल केयुले दक्षिण एसियाली खेलकुदमा नयाँ कीर्तिमानका साथ स्वर्ण जिते ।उनले २.२१ मिटर जम्म गरेर नयाँ नयाँ कीर्तिमान राखेका हुन् ।

यसअघि श्रीलंकाका एम विज्शेखराको नाममा २००४ मा २. २ मिटरको कीर्तिमान थियो ।

महिला हाइजम्प

त्यस्तै महिला हाइजम्पमा भारतकी जिस्ना एमले स्वर्ण जितिन् । उनले १.३७मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् ।

Comment