वीर बहादुरको रुपमा सुदुर पश्चिममा अर्को खेलस्टार स्थापीत

नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद(साग)मा तेक्वान्दोको फाइटतर्पm मंगलबार दुई स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न चार स्वर्णको प्रतिस्पर्धामा नेपालले दुई स्वर्ण हात पारेको हो । नेपालका लागि वीरबहादुर महरा र काजल श्रेष्ठले स्वर्ण दिलाएका हुन् । महिला ४६ केजीतौल समूहमुनि काजलले पाकिस्तानकी साइदा जादी सिद्रालाई ५०–१४ ले हराउँदै स्वर्ण जितिन् ।

सो तौल समूहमा भारतकी राधा भाटी र श्रीलंकाकी इसारा पिइउमाली सामाराकोनले कांस्य जितिन् । वीरबहादुरले फाइनलमा पाकिस्तानका मुहामद फहिमलाई ४१–३६ ले हराउँदै स्वर्ण जितेका थिए । यस समूहमा श्रीलंका थरङ्गा लकमल र भारतकी पृथ्वीराज चौहानले कांस्य पदक जित्न सफल भए ।

त्यस्तै भारत र पाकिस्तानले १÷१ स्वर्ण जित्न सफल भए । भारतकी कसिस मलिकले स्वर्ण जित्दा नेपालकी निमा गुरुङलाई ८–७ को हार सामना गर्न बाध्य बनाइन् । पाकिस्तानी नक्स हम्दानी र भुटानकी छिरिङ याङचेनले कांस्य पदक जितिन् ।

पाकिस्तानले एक मात्र स्वर्ण पुरुषतर्पm प्राप्त गर्दा जैब साहले जितेका थिए । उनले फाइनलमा श्रीलकंका रेनहाना अनुरा बन्दारालाई ४१–१० ले हराए । यस तौलमा नेपालका मनोज मल्ल र भारतका कन्हा मैनालीले कांस्य पदक प्राप्त गरे ।

विगत चार वर्ष देखि नेपाली तेक्वान्दोमा आशलाग्दा खेलाडीको रुपमा उदाएका कञ्चनपुरका वीर बहादुर महरा दिपक विष्ट युग पछि सुदुर पश्चिमका अर्का एक महत्वपूर्ण स्टारको रुपमा स्थापीत भएका छन् ।

Comment