स्टार बनेरै छाडिन् काजल

लामो आरोह अबरोध पार गर्दै आएकी तेक्वान्दो खेलाडी काजल श्रेष्ठले अन्तत ः १३औ सागमा आफूलाई नायीकाको रुपमा स्थापीत गरिन् । जुनियर तहमा एकलौटी प्रभाव जमाउदै आएकी काजल सिनीयर तहमा प्रबेश गरे पछि अपेक्षाकृत प्रदर्शन गर्न सकेकी थिइनन् । विचमा केही समय राष्ट्रिय टोलीमा रहे पनि उनी लामो समय रेजिना कार्की र अस्मिता खड्कासंगको पराजयको कारण राष्ट्रिय टोलीबाठ समेत बाहीर रहदै आएकी थिइन् ।
मंगलबार भएको तेक्वान्दोको ४६ किलो तौल समुहमा भने उनको प्रदर्शन फरक रह््यो । सेमिफाइनलमा भारतकी सुमन मुनीलाई ५०–३९ ले हराएकी काजलले फाइनलमा पाकिस्तानकी सइद जादी सिद्रालाई ५०–१४ ले पराजित गरिन् ।

Comment