टमाटाले जोडे नेपालका लागि अर्को स्वर्ण, एक पछि अर्को फड्को मार्दै नेपाली ट्राईयाथलन

नेपालको स्वर्ण बढाउने क्रममा आज मंगलबार ट्राईयाथलनबाट हिमाल टमाटाले पुन अर्को स्वर्ण जोडेका छन् । नेपाल आर्मीसंग आवद्ध खेलाडी हिमाल टमाटाले ट्राईयाथलन अन्तरगतको ५ किलोमिटर दौड, २० किलोमिटर साईकल दौड र पुन २.५ किलोमिटर दौडको दूरी रहेको दुवाथलन ५७ मिनट ३३ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेका हुन् । दोश्रो स्थानमा रहेका लक्ष्मण मल्लले उक्त दूरी ५९ मिनट १३ सेकेन्डमा साथ रजत र श्रीलङ्काका असिथ परेरा ५९ मिनट ३२ सेकेन्डका साथ तेश्रो स्थानमा रहे ।
टमाटाले भारतको गुहाटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलमा पनि टिम मिक्स रिलेमा रजत पदक प्राप्त गरेका थिए ।
यस्तै नेपाली पदकलाई अग्रता प्रदान गर्ने क्रममा महिला तर्फ हुमी बुढामगरले उक्त दूरी १ घन्टा ८ मिनट ५४ सेकेन्डका साथ रजत पदक दिलाईन् । श्रीलङ्काकी ईरानगा दुलाग्क्षी १ घन्टा ५ मिनट ५८ सेकेन्डका साथ स्वर्ण हात पार्न सफल भईन् । श्रीलङ्काकै उदया कुमारीले १ घन्टा ९ मिनट ०९ सेकेन्डमा साथ कास्य पाईन् ।
प्रतियोगितामा तीन देश भारत, श्रीलङ्का र नेपालका ६ । ६ खेलाडीहरुको सहभागिता रहेको थियो ।
नेपालको यो सहित ट्राईयाथलनबाट २ स्वर्ण २ रजत र एक कास्य भएको छ । भोली अन्तिम दिन नेपालले मिस्क रिलेमा प्रतिस्पर्धा गर्ने छ । नेपाली खेलाडी सोनी गुरुङ्गले ईलाईट स्प्रिन्टमा स्वर्ण हात पारेकी थिईन् भने बशन्त थारुले कास्य पदक हासिल गरेका थिए ।
नेपाली खेलाडीहरुलाई उत्साहित बनाउन नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं दक्षिण एशियाली ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले स्वर्ण पदकका लागि १ लाख, रजतका लागि ५० हजार र कास्यका लागि २५ हजार नगद प्रदान गर्ने र टिम स्पर्धाका लागि पनि सोही पुरस्कार रहेको घोषणा गरे ।
नेपालले दक्षिण एशियाली गेममा सहभागित जनाएको यो दोश्रो पटक हो । संघको स्थापनाको छोटो समयमै ट्राईयालनले राष्ट्रका लागि पदक दिलाउन सफल भएको छ । नेपालले सहभागित जनाएको पहिलो दक्षिण एशियाली खेलकुद १२औं साग गुहाटीमा एक रजत र एक कास्य हात पार्न सफल भएको थियो । उक्त सागमा रुद्र कुमाल, हिमाल टमाटा, रोजा के.सी. र याम कुमारी घले सम्मिलित टिमले मिब्स रिलेमा रजत प्राप्त गरेका थिए । यस्तै पहिलो पटककै प्रयासमा ट्राईयाथलनबाट रोजा केसीले कास्य पदक प्राप्त गरेकी थिईन् ।

Comment