जुडो खेलाडीहरुले १०÷१० हजार पाउने

हारको श्रृंखलालाई तोड्ने उद्धेश्यका साथ एरिनामा उत्रेको जुडो टोली अन्ततः हारमै गएर सकिएको छ ।
पुरुषको टिम प्रतिस्पर्धामा नेपाल साउदी अरेबियासंग ४÷१ ले पराजित भयो । ६६ किलो माथिमा सरोज महर्जन आइसा हसन मज्रासीसंग पराजित भएका छन् । ६० केजीका सरोजले तौल बढाउंदै ६६ केजीमा प्रतिस्पर्धा गर्दै एरिनामा २ मिनट ३५ सेकेन्ड टिक्न सफल भए । त्यस्तै ७० केजीमा रमेश मगरले पनि ७३ केजीमा सुलैमान फहाद हमदसंग पुरा समय टिक्न सफल भए । श्रीराम मकाजु नैफअमर माज्युसंग १ मिनट ३७ सेकेन्ड टिक्दै पराजित भए । ८१ किलोमा नेपालले बाइ दिएको थियो । ९० किलोमाथि राजन जोशीले बाइ पाएर एक अंक जोडेका थिए । ५ खेलमा ४ खेलमा मात्र भाग लिएको नेपालले राजन जोशीको अंक प्राप्त गरेता पनि अन्य खेलमा पराजित भएका कारण जितलाइ आत्म साथ गर्न सकेन ।
यस्तै महिला तर्फको खेलमा पनि नेपाल ताईपेई संग हार व्यहोर्न बाध्य भयो । नेपाल ताईपेईसंग ३÷१ले हार्न पुग्यो । ५२¬¬—५७ केजीमा देविका खड्काले वाई पाएर एक अंक जोडे पनि नेपालको लागि त्यो पर्याप्त भएन । ५७—६३ केजीमा फुपुल्हामुखत्रीले पुरा समय खेल्दै या जाउ चाङलाई सिदोको आधारमा जित सुम्पन वाध्य भईन् । त्यस्तै सुनिता वोहरा एरिनामा १ मिनट १० सेकेन्ड टिक्र्दै ईप्पोनको आधारमा जु चु वाङ्गसंग पराजित हुन पुगिन् ।
हार पछि नेपाली जुडो टोलीका प्रशिक्षक विरेन्द्र रञ्जितले पहिलेको तुलनामा यस एसियन प्रतियोगितामा एरिनामा खेलाडीहरुको बहादुरी निकैनै सन्तोष जनक भएको बताए । उनले खेलाडीहरुलाई जुडामा राम्रो रहेको देशहरुमा एक्सपोज गर्नु पर्ने र प्रतियोगिताहरुमा सहभागित जनाई रहनुपर्ने बताउनु भयो । उनले एक सेकेन्ड टिक्न नसक्ने खेलाडीहरुले आफ्नो समयलाई बढाएकोमा सन्तोष गर्दै खेलाडीहरुले प्रशिक्षण र प्रतियोगितालाई निरन्तरता पाएमा धेरै राम्रो गर्न सक्ने वताए । यसलाई खेलाडीहरुले समेत समर्थन गरेका छन् ।
प्रतियोगितामा पुरा समय टिकेका खेलाडीहरुलाई नेपाल जुडो संघले अध्यक्ष दिपक हर्ष वज्राचार्यले घोषणा गरे वमोजिम नगद १०÷१० हजार प्रदान गर्ने भएको छ ।

Comment