बाबु छोरा मास्टर सुनिल र स्यालओनलाई मार्सल आर्ट्समा सफलता

अमेरिकाको देलावारमा हालै सम्पन्न र्वल्ड मार्सल आर्ट्स ट्रीपल थ्रेट मार्सल आर्ट्स गेम्श २०१९ मा नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल कुङफू संस्थापक मास्टर सुनिल शाक्यले कुङफू, तेक्वान्दो, वेपन्स र टिम फम्स गरी चार भिन्न विधाको ब्ल्याक बेल्ट तहमा मा उत्कृष्ट प्रदर्शन गर्दै ४ स्वर्ण जित्न सफल भए ।

उनका छोरा स्यालओन शाक्यले कुङफू, तेक्वान्दो,वेपन्स, सपाइरिङ र ब्रेकिङको इन्टरमिडिएट तहमा तीन स्वर्ण र २ रजत पदक जिते। कुनै पनि प्रतियोगितामा खाली हात नफर्केका स्यालओनले जितलाई निरन्तरता दिँदै ओपन सिटी क्लासीक मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि १ स्वर्ण र १ रजत हात पार्न सफल भएका हुन् ।

Comment