नेपाली टोली घोषणा

सिङ्गापुरमा आयोजना हुने टी २० त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । पारस खड्का नै कप्तान रहेको टोलीमा दीपेन्द्र सिंह ऐरी उप कप्तान रहेका छन् । ईशान पाण्डे,कुशल मल्ल,सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने,ललित नारायण राजवंशी,आरिफ शेख,सन्दीप जोरा,विनोद भण्डारी,रोहित कुमार पौडेल,सुसन भारी,पवन सर्राफ र अभिनास बोहरा रहेका छन् । नेपालले असोजमा जिम्बाबे र ११ गते सिङ्गापुरसँग खेल्ने छ ।

Comment