विश्व फुटभलीमा नेपालले प्रतिस्पर्धा गर्ने

विश्व फुटभली सङ्घको निमन्त्रणमा मित्र राष्ट्र थाइल्यान्डमा आयोजना हुने थाइल्यान्ड वल्र्ड फुटभलि च्याम्पियनसिप २०१९ मा प्रतिस्पर्धा गर्न नेपाली फुटभलि टिम थाइल्यान्ड जाने भएको छ ।
थाइल्यान्ड जाने चार सदस्यीय टोलीलाई नेपाल फुटभलि सङ्घका अध्यक्ष मनिष जोशी “राम” तथा टोखा वडा नं. २ का अध्यक्ष दीपकराज जोशीले एक कार्यक्रमबिच बिदाइ गरे ।
थाइल्यान्ड जाने नेपाली टोलीमा टिम व्यवस्थापकमा हरि महर्जन, टिम प्रशिक्षकमा निरञ्जन डङ्गोल र खेलाडी द्वयमा बुद्ध महर्जन र कुमार लवट रहेका छन् ।
टोलीलाई बिदाइ गर्दै सङ्घका अध्यक्ष जोशीले नेपालमा फुटभली खेलको सम्भावनालाई मध्यनजर गर्दै राखेपमा दर्ता रहेको फुटभली सङ्घको नयाँ कार्यसमितिको चयन आगामी कार्तिक मसान्त भित्र गर्ने जानकारी गराए । उनले नेपाली टोलीलाई शुभकामना दिँदै दक्षिण एसियामा नेपालले जित हात पारिसकेको तथा एसियन च्याम्पियनसिपमा निकै नै राम्रो प्रदर्शन गरिसकेको नेपालले यस विश्व च्याम्पियनसिपमा पनि आफ्नो छाप छोड्न सफल हुने विश्वास लिएको बताए ।
बिच भलिबल झैँ बालुवामानै हातको प्रयोग विना खुट्टाको माध्यमबाट खेलिने फुटभली च्याम्पियनसिप असोज १ देखि ४ गते सम्म आयोजना हुने छ । नेपाली टोली सोमबार नै त्यस तर्फ प्रस्थान गरेको छ ।

Comment