कोटेश्वरलाई २६ स्वर्ण


आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले नवौं कोटेश्वर अन्तर डोजाङ जुनियर तेक्वान्दो प्रतियोगितामा शनिबार सर्वाधिक २६ स्वर्ण जितेको छ ।
पेप्सीकोलामा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । एकदिने प्रतियोगितामा विभिन्न १३ डोजाङका २ सय २६५ खेलाडीले विभिन्न ४५ स्पर्धामा प्रतिस्पर्धा गरेको डोजाङ प्रमुख एवं तेक्वान्दो सहायक मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।
कार्यक्रममा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट भएका कोटेश्वर डोजाङका तेक्वान्दो खेलाडी सक्षम कार्की, काजोल श्रेष्ठ, ज्ञानेन्द्र हमाल, भुपेश श्रेष्ठ र मनोज मल्लाहलाई सम्मान गरिएको थियो ।

Comment