रुपन्देही मार्सल आर्ट हाप्किडो सङ्घ गठन

नेपाल मार्सल आर्ट हाप्किडो सङ्घ अन्तर्गत रुपन्देही जिल्ला मार्सल आर्ट हाप्किडो सङ्घ एक कार्यक्रम बिच गठन भएको छ। युवा खेलाडी तथा व्यवसायी रेसम महराको अध्यक्षतामा १३ सदस्यीय सङ्घ गठन भएको हो। उ

पाध्यक्षमा धन बहादुर दमाई(सुवास),दिलमाया गुरुङ सचिवमा गोपाल के.सी., कोषाध्यक्षमा राजन कुमार गाहा मगर र सदस्यहरूमा भोला बहादुर क्षेत्री, कुशल गुरुङ, भूम लाल श्रेष्ठ, रविन राना मगर, याम थापा, मदन थापा, सोया पुन मगर र सन्त कुमार श्रेष्ठ रहेका छन्।

उक्त कार्यक्रममा नेपाल मार्सल आर्ट हाप्किडो सङ्घका केन्द्रीय अध्यक्ष काली बहादुर घर्ती मगर, केन्द्रीय सदस्य सुवर्ण वि.सी., हाप्किडो प्रशिक्षक विक्रम बाठा मगर, रोल्पा जिल्ला मार्सल आर्ट हाप्किडो सङ्घ का अध्यक्ष यमुना घर्ती मगर, व्यवसायी तथा पूर्व खेलाडी लोक बहादुर नेपाली प्रशिक्षक खेलाडीहरूको उपस्थित रहेको थियो।

कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष घर्ती मगरले हाप्किडो खेलको विकाश र विस्तार सँगै हजारौँ खेलाडीहरू जिल्लाले उत्पादन गरी समाज र देशलाई पहिचान गराई विकास र समृद्धिको यात्रामा लाग्न निर्देशन दिएका थिए।

Comment