राष्ट्रिय टोलीलाई उपाधि

यस वर्षको कोरियन एम्बसडर तेक्वान्दो प्रतियोगिताको उपाधि राष्ट्रिय टोलीले जितेको छ । राष्ट्यि टोलीले १२ स्वर्ण पदकसहित पहिलो स्थान हात पारेको हो । यसैगरी,नेपाली सेनाको भ्याली डिभिजन ८ स्वर्ण पदक सहित दोश्रो तथा कोटेश्वर तेक्वान्दो डोजांग सात स्वर्ण पदक सहित तेश्रो भए ।
सिनीयरमा कोटेश्वरका रञ्जित साउद र बाँकेकी निलिमा मल्ल उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी,जुनियरमा युनाइटेडका रुपेस तामांग र महिलामा मोरंगकी आस्मा राइ उत्कृष्ट खेलाडी भए ।

Comment