मेयर कप स्पोर्ट्स कपमा चेस सुरु

कीर्तिपुर मेयर कप स्पोट्स मिट अन्तरगतको चेस प्रतियोगिता मङ्गलवार सुरु भयो । प्रतियोगिताको कीर्तिपुर नगरपालिकाका मेयर रमेश मर्हजन र फिडे ट्रेनर केशव श्रेष्ठले उद्घाटन गरे । ९२ खेलाडीको सहभागिता रहेको प्रतियोगिताको पहिलो दिनको खेल सकिँदा मनोज घिसिङ,बुद्ध पण्डित,बिराज लामा,रोज अधिकारी,विवेक विके,बिराज श्रेष्ठ र सौरभ श्रेष्ठ तीन अङ्क सहित शीर्ष स्थानमा छन् । महोत्सव अन्तरगत फुटसल,टेबल टेनिस, भलिबल र ब्याडमिन्टनका खेल भइरहेका छन् ।

Comment