सञ्जयलाई स्वर्ण

बूढानीलकण्ठका सञ्जयराज पुटुवारले पाँचौं राष्ट्रिय पेन्क्रेसन च्याम्पियनसिपको पुरुष ५५–६० केजी तौलसमूहमा स्वर्ण जितोक छन् ।
नेपाल पेन्क्रेसन एथ्लिमा संघद्वारा आयोजित प्रतियोगिताको पुरुष २५–३० केजीमा काभ्रेका प्रकाश तामाङ, ३०–३५ केजीमा धनगढीका सुशान्त शर्मा, ३५–४० केजीमा काभ्रेका बुद्ध तामाङ, ४०–४५ केजीमा काभ्रेका दिपसन तामाङ, ४५–५० केजीमा सेन्ट्रल डोजोका मनीष कार्की तथा ५०–५५ केजीमा ललितपुरका सुरेश खड्काले पहिलो स्थान हात पारे ।
भैसेपाटीमा भएको प्रतियोगिताको महिला २५–३० केजीमा मकवानपुरकी सोफिया रेग्मी, ३०–३५ केजीमा काठमाडौंकी अन्जली माझी, ३५–४० केजीमा बूढानीलकण्ठकी सुम्निमा लामा, ४०–४५ केजीमा काभ्रेस्थलीकी निला तामाङ र ४५–५० केजीमा बूढानीलकण्ठकी सुजिता गुरुङले स्वर्ण हात पारे ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ८९ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव स्वयम्भूराज डंगोलले जनाएका छन् ।

Comment