कीर्तिपुरमा खेलकुद हुँदै

कीर्तिपुर नगरपालिकाको आयोजनामा आगामी ७ भदौ देखि कीर्तिपुर नगर स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । बृहत् खेल महोत्सवै स्वरूपमा आयोजना गरिने सो प्रतियोगितामा फुटसल, भलिबल, ब्याडमिन्टन,टेबल टेनिस, र चेस समावेश गरिएका छन् । बुधवार प्रतियोगिताको बारे जानकारी गराउन आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाका उप प्रमुख सरस्वती खड्काले कुल लागत ८ लाख ६० हजार रुपैयाँ रहने जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर रमेश मर्हजनले कीर्तिपुर विभिन्न समयमा विभिन्न खेलमा उत्कृष्ट भएको संस्मरण गर्दै निरन्तर योजनाको अभावको महसुस भएको वताए । उनले नगरपालिकाले प्रशिक्षण दिने, प्रतियोगिता आयोजना गर्ने र यसैबाट नगरपालिकाको उत्कृष्ट टोली चयन गर्ने जानकारी दिए । नगरप्रमुख मर्हजनले पूर्वाधार विकासमा नगरपालिकाको योजना बारे जानकारी दिए ।

Comment