एनटीए च्याम्पियन

आयोजक नेपलिज तेक्वान्दो एकेडेमी (एनटीए) चौथो अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामा शनिवार च्याम्पियन बनेको छ ।
मुलपानीस्थित बाल गीताञ्जली स्कुलमा भएको प्रतियोगितामा एनटीएले १३ स्वर्ण, ५ रजत र ४ कांस्य जित्यो । २ स्वर्ण र ३ कांस्यसाथ फेरिल्यान्ड दोस्रो भयो । तेस्रो भएको अल्पाइनले १ स्वर्ण, ५ रजत र ४ कांस्य हात पा¥यो । प्रतियोगिताको समापनका अवसरमा युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिलबहादुर गुरुङलाई विदेशमा रहेर पनि तेक्वान्दोको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याएवापत सम्मान गरिएको थियो । त्यसै अवसरमा एनटीएफले अन्तर्राष्ट्रिय तेक्वान्दोमा पदक जित्न सफल आफ्ना खेलाडी नगदसहित सम्मान गरेको थियो । सम्मानित हुनेमा आयुश ढुङ्गेल, चन्द शाही, श्रीकृष्ण श्रेष्ठ र प्रगति कुइकेल रहेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले अध्यक्ष गुरुङ र खेलाडीलाई सम्मान गरे । एक दिने प्रतियोगितामा विभिन्न १३ डोजाङका १ सय ३५ खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरेको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

Comment