आर्चरी टोली जापान प्रस्थान

नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै आर्चरी टोली मङ्गलवार जापानको टोकुसिमा प्रस्थान गरेको छ ।
आर्चरी खेलाडीमा तिलक पुन मगर, रोशन नगरकोटी, ज्ञानु अवाले र मित्र राई छन् । अफिसियलमा नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङ रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले मङ्गलवारै एक कार्यक्रमबिच बिदाइ गरे । तालिम अगस्ट १ देखि सेप्टेम्बर २ तारिखसम्म हुनेछ ।

Comment