नवीन नै नेपालका उत्कृष्ट तेक्वान्दोकर्मी

नेपाली तेक्वान्दो ओरालो लागी रहेको समयमा नेपाली प्राविधिकको उत्कृष्टता प्रमाणित भएको छ । नेपाल तेक्वान्दो सङ्घका सचिव समेत रहेका नवीन कुमार श्रेष्ठले जोर्डनको अम्मानमा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट रेफ्रिको पुरस्कार पाएका छन् । उनी नेपाली तेक्वान्दोको रेफ्रि कमिसनका प्रमुख हुन् ।
नेपालका पूर्व राष्ट्रिय च्याम्पियन मध्य प्रशिक्षक र रेफ्रिको रूपमा उत्तिकै सफल व्यक्तित्को रूपमा नवीन रहेका छन् । उनले सञ्चालन गरेको कोटेश्वर तेक्वान्दो डोजांग नेपालको शीर्ष डोजांगको रूपमा लामो समय देखि रहेको छ । सोही डोजांगका खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव राख्दै आएका छन् ।


हाल तेक्वान्दोको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारीमा समेत अब्बल रहेका नवीनको उत्कृष्टताले उनी तेक्वान्दोको प्रशासनिक र प्राविधिक नेतृत्व गर्न सबैभन्दा उपयुक्त व्यक्ति भएको बारम्बार प्रमाणित भएको छ । राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाली सकेका प्रशिक्षक मध्य आफ्नै बलबुतामा खेलाडी उत्पादन गर्ने सवालमा उनी नै अब्बल रहँदै आएका छन् । पाएको जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गर्ने उनको विशेषतालाई अफिसियल प्रतियोगितामा अन्तर्राष्ट्रिय निकायले स्वीकार गरिसकेको समयमा नेपालको प्राविधिक र प्रशासनिक नेतृत्वको एकल जिम्मा सुम्पन लायक व्यक्तित्व भएको कुरामा धेरै नेपाली तेक्वान्दोकर्मी समेत सहमत छन् ।

Comment