कराते टोलीको बिदाइ

जापानको ओशाका सहरमा आयोजना हुने कोपुकान अन्तर्राष्ट्रिय कराते प्रतियोगिता र कयुकाइ कराते प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल कराते महासङ्घका सह अध्यक्ष दावा गुरुङले बिदाइ गरे । त्रैलोक्यनाथ पाण्डेको प्रशिक्षणमा रहेको टोलीमा जयराज जोशी व्यवस्थापक छन् ।
पुरुष ६७ किलोमा अशोक शाह तथा महिला ५५ किलो र एकल कातामा वर्षा साउदले प्रतिस्पर्धा गर्ने छन् । वर्षा सुदूर पश्चिमकी प्रतिभाशाली खेलाडीको रूपमा रहेकी छिन् । उनी एकल कातामा नेपालका राम्रा खेलाडी मध्य एकको रूपमा रहेकी छिन् । कोपुकान २७ र २७ जुलाईमा तथा केइकाइ च्याम्पियनसिप ३ अगस्टमा हुने छ ।

Comment