नरेश र मल्लिकालाई स्वर्ण

१२ औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले शनिवार दुई स्वर्ण जितेको छ । च्याम्पियनसिपको पुरुष एथलेटिक्स फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिँजिकमा मल्लिका शाक्यले स्वर्ण जितेका हुन् ।
पुरुष एथलेटिक्स फिँजिकमा भारतका नकुल कौशलले रजत र मालदिभ्सका फतुल्लाह मोहम्मदले कांस्य जिते । महिलाको मोडल फिँजिकमा नेपालकै पूजा श्रेष्ठले रजत र भारतकी निश्रिन पारिखले कांस्य जिते ।
च्याम्पियनसिपको सिनियर पुरुष बडीबिल्डिङको ७५ केजीमा अफगानिस्तानका सेफातुल्लाह हफिजी पहिलो, भारतका धर्मेन्द्र कुमार दोस्रो र नेपालका अशोक महर्जनले तेस्रो स्थान हात पारे । पुरुषकै ८० केजीमा भारतका रवीन्द्रकुमार मल्लिकले स्वर्ण, अफगानिस्तानका मोहम्मद सखीले रजत र नेपालका मिलन सिजापतिले कांस्य जिते ।
पुरुषकै ९० केजी तौल समूहमा अफगानिस्तानका गुलाजन ओमर, पाकिस्तानका मोहम्मद सैयद र फहिम अब्बासले क्रमशः स्वर्ण, रजत र कांस्य जिते । यस्तै ९० केजीमाथिको स्पर्धामा अफगानिस्तानका अहमद मोहम्मदी पहिलो, भारतका विनय कुमार दोस्रो र पाकिस्तानका सैयद फजल तेस्रो भए । जुनियर पुरुषतर्फ मालदिभ्सका अहमद सैयदले स्वर्ण, भारतका ऋषि अथरेयाले रजत र नेपालका कृष्ण महर्जनले कांस्य जिते ।
पुरुष एथलिट फिजिकको १६७ सेमीसम्ममा अफगानिस्तानका अहमद सिकन्दर जादाले स्वर्ण जित्दा नेपालका निशान्तमान प्रधानले रजत र मालदिभ्सका अहमद फजिलले कांस्य पदकमा चित्त बुझाए । यस्तै पुरुषकै स्पोर्ट्स फिँजिकमा मालदिभ्सका अजनिन रसद पहिलो, नेपालका प्रमोद राई दोस्रो र अफगानिस्तानका ममिदुल्लाह खुर्सिदले तेस्रो स्थान हात पारे । यस्तै पुरुषकै स्पोर्ट्स फिजिकको १७० सेमीमा पाकिस्तानका उस्मान उमर, भारतका सिनु चोभा र भुटानका टासी छोस्केले क्रमशः स्वर्ण, रजत र कांस्य पदक हात पारे ।
च्याम्पियनसिपको ओभरलतर्फ भने भारतका रवीन्द्रकुमार मल्लिकले उपाधि जिते । यसै गरी टिमतर्फ अफगानिस्तान पहिलो, नेपाल दोस्रो र भारतले तेस्रो स्थान हात पा¥यो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबिच पुरस्कार प्रदान गरे ।

Comment