भलिबललाई नेपाल सेटलाइट टेलिकमको साथ

नेपालमा आयोजना हुने एशियन सन्ट्रलजोन सिनियर पुरुष भलिबल प्रतियोगितालाई नेपाल सेटलाइट टेलिकमले २० लाखको प्रायोजन गरेको छ । शनिवार नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल सेटलाइट टेलिकमका अध्यक्ष अस्मिता सुमार्गीले सम्झौंता पत्र आदान–प्रदान गरे । सम्झौता पश्चात् अध्यक्ष शर्माले नेपाल सेटलाइट टेलिकम प्रति आभार व्यक्त गदै सेन्ट्रल जोन भलिबल राष्ट्रको गौरव भएकाले सबैले भव्यताका साथ सफल बनाउन सहयोग र साथ दिन अनुरोध गरे ।
नेपाल सेटलाइट टेलिकमकी अध्यक्ष सुमार्गीले भलिबललाई साथ दिन पाउनु नेपालीको गौरवको कुरा भएको बताइन् । उनले आगामी दिनहरूमा पनि सहयोग रही रहने बताइन् । लगनखेलस्थित नेपाल आर्मीको कभर्डहलमा श्रावण ३२ देखी भाद्र ८ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा नेपाल सहित बङ्गलादेश, मालदिभ्स, अफगानिस्तान, किर्गीस्तान, तुकीमिनिस्तान ,उजवेकिस्तान गरी कुल ७ देशको सहभागिता निश्चित भएको पत्रकार सम्मेलनमा सङ्घका महासचिव जितेन्द्रवहादुर चन्दले जानकारी गराए ।

Comment