समिरलाई स्वर्ण

नेपालका समिर श्रेष्ठले १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् । भारतका दिनेश दोश्रो तथा नेपालकै प्रज्ज्वलमान शाक्य तेश्रो भए ।
पहिलो दिने जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले १ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ८ पदक जित्यो । पुरुष ५५ केजीमा नेपालका किसनदास महर्जनले कांस्य हात पारे । माल्दिभ्सका मोहम्मद मुसा पहिलो र भारतका मुरुगन रामामुर्ती दोश्रो भए । पुरुष ६० केजीमा नेपालका कमल भण्डारी दोश्रो भए । भारतका दिपु पहिलो र अफ्गानिस्तानका मोहम्मद कसिम हुसैन तेश्रो बने ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ७० केजीमा नेपालका रमेश कार्कीले रजत हात पारे । अफ्गानिस्तानका अब्दुल समी पहिलो र इमरान अली तेश्रो भए ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको प्रतियोगिताको महिला एथलेटिक फिजिकमा नेपालले दुई पदक हासिल ग¥यो । रजनी श्रेष्ठले रजत तथा सुजिता मानन्धरले कांस्य जिते । भारतकी निशा भोयर पहिलो स्थानमा रहिन् । पुरुष फिट्नेस फिजिकमा नेपालका राजु राईले रजत प्राप्त गरे । अफ्गानिस्तानका हमिदुल्लाह खुशदिल पहिलो र सलिम शाह अन्वरी तेश्रो भए ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले पुरस्कार वितरण गरे । त्यसअघि प्रतियोगिताको खेलकुद मन्त्री विश्वकर्माले उद्घाटन गरेका थिए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Comment