खेलकुदमा सक्रिय सेब

seb school
सामाखोसी इग्लीस बोर्डीग स्कुल( सेब) स्कुल नेपाली खेलकुदमा परिचित नाम हो । गत बर्ष सम्म यसै सेब स्कुलले गर्ने सेब भलीबल प्रतियोगिता विद्यालय तहमा चर्चीत थियो । यस बर्ष त्यसै विद्यालयले जुनियर तहको बास्केटबल प्रतियोगिताको आयोजना गर्यो ।
विद्यालय तह देखि नै खेलकुदको विकास हुनु पर्छ भन्ने मान्यता राख्ने विद्यालयका प्रीन्सीपल युवराज थापाले भलीबलमा स्थानको समस्या तथा सहभागी टोलीको पर्याप्त संख्याको अभावमा यस पटक बास्केटबल प्रतियोगिताको आयोजना गरेको बताए । सेबले आयोजना गरेको भलीबलमा आयोजक टोली एक पटक पहिलो भएको थियो भने धेरै पटक दोस्रो या तेस्रो भएको थियो ।
चेस ,बास्केटबल, भलीबल टेबलटेनिस र ब्याडमिन्टनलाई प्राथमिकता दिएको सेबले बर्ष भरी हुने गरेका बास्केटबल प्रतियोगितामा सहभागिात जनाउने गरेको छ । थुप्रै उपाधि जितेको  सेबले यो बर्ष आफैले आयोजना गरेको प्रतियोगितामा उपविजयी भएको हो । खेलकुदको विकास र विद्यार्थीको आत्मबल र सामाजीक जिम्मेवारी बहनको सोचको विकास गर्न समेत खेलकुदले ठूलो सहयोग गरेको उनको अनुभब छ ।
खेलकुदलाई थ्राथमिकता दिने क्रममा विद्यालयले केही नाम चलेका प्रशिक्षकलाई जिम्मेवारी सुम्पने गरेको छ । बास्केटबल टोली रबि श्रेष्ठले हेरी रहेका छन् भने भलीबलमा इश्वर घमाल, प्रेम शाही र  प्रज्वल मल्लले टोली हेरिरहेका छन् । चेसमा नेपालका नाम चलेका खेलाडी उत्तम थापा विगतमा प्रशिक्षक थिए । सेबको यो लगाव र खेलप्रतिको मोहले काठमाडौको उत्तरी भेगका अन विद्यालयलाई पनि खेलकुदमा केही गर्ने हौसला जागेको छ ।

Comment