मनोज विजयी


मनोज लामाले प्रथम चामुन्डा अल नेपाल स्नुकर प्रतियोगितामा बुधबार जित हात पारेका छन् । मनोजले सुरज थापा मगरलई ३–२ को फ्रेममा पराजित गरे । अन्य खेलमा सुशील थापा, राजन गुरुङ, क्षितिज घिमिरे, दुर्गेश गुरुङ सूर्यबहादुर सुनुवार, सन्जिद महर्जन र रविन्द्र विष्टले सफलता पाए ।

Comment