नेपाल बन्यो च्याम्पियन

नेपाल दुई महिना पछि श्रीलङ्कामा हुने एसीसी अन्डरनाइन्टीन एसियापकमा छनोट भएको छ । मलेसियामा सञ्चालन भएको एसीसी अन्डरनाइन्टीन इस्टर्न रिजन क्रिकेटको विजेता बन्दै नेपाल एसियाकपमा छनोट भएको हो । मङ्गलवार भएको फाइनलमा नेपालले हंगकंगलाई ६ विकेटले हराउँदै उपाधि विजेता बनेको हो ।
नेपालका पवन सर्राफले सर्वाधिक ३९ रन जोडे । यस अघि टस हारेर पहिले व्याटिंग गरेको हंगकंग ४३.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रनमा सीमित भयो । नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा १८ रन खर्चेका थिए । नेपालले १६.१ ओभरमा चार विकेट गमाुउदै ९६ रनको लक्ष्य पुरा गरेको हो ।

Comment