कराते टोली थाइल्यान्ड जाँदै

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक जाने भएको छ ।
जुलाई १० देखि १४ तारिखसम्म हुने प्रतियोगितामा आयुशा तामाङ, जिया कार्की, सविना श्रेष्ठ, छिरिङ वाङमो शेर्पा, अंकित गुरुङ, अनिश लामिछाने, रामदास गोपाली, सुशिल पौडेल, रमेशकुमार खत्री, राजकुमार रसाइली, सुविन खत्री र सोनी राईले प्रतिस्पर्धा गर्ने छन् ।
टोली नेतामा कुमार बस्नेत, व्यवस्थापकमा किसनराज सिंह, प्रशिक्षकमा सचिन चौलागाईं, अफिसियलमा श्याम अधिकारी, विकास राजवाहक, दिनेश सिवाकोटी, फुन्सोक तामाङ, महेश खड्का, कृष्णबहादुर पाइजा, सञ्जय महर्जन र राजेन्द्र महर्जन रहेका छन् । निर्णायकमा सञ्जय रन्जित, हीरादेवी राई, शान्ताबहादुर तामाङ, सानुबाबु तामाङ, निरज महर्जन र उमेश बोडे श्रेष्ठ छन् ।
टोलीलाई कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । टोलीका लागि ट्रयाक सुट कुमारी बैंकले प्रायोजन गरेको हो ।
Comment