भेट्रान्स टोलीको बिदाई

न्यूजिल्याण्डमा आयोजना हुने अल्ट्रारेसमा सहभागि हुन जाने नेपाली नेपाल भेट्रान्स एथलेटिक्स संघको टोलीलाई जिल्ला समन्वय समिति, काठमाण्डौका प्रमुख शिव सुन्दर राजबैद्यले एक कार्यक्रमविच समितिकै हलमा बिदाई गरे ।
आषाढ २८ र २९ गते हुने उक्त म्याराथनमा सहभागि हुन जाने पाँच सदस्यिय टोलीमा ब्यवस्थापक तथा प्रशिक्षक भैरव शाही, खेलाडीहरुमा मनिष जोशी र दिपेन्द्र कुमार गोईत, जयराम खड्क र गोविन्द श्रेष्ठ रहेका छन् ।
नेपाली भेटान्स टोलीले विगतमा सफलताको शिखर चुमी सकेको छ । जापानमा आयोजना भएको एशियाली भेटान म्यारथनमा धर्मराज महर्जनले १० हजार मिटरमा कास्य पदक प्राप्त गरेका थिए । यस्तै ताईवानमा भएको एशियन च्याम्पियनसिपमा ४५ बर्ष उमेर समूहमा १० हजार मिटरमा कास्य, भारतको बेगलोरमा भएको एशियन प्रपतयोगितामा कुर्सिद अहमद खानले ज्याभ्लिन थ्रोमा कास्य र रामकृष्ण महर्जनले रोड रेसमा स्वर्ण हात पारेका छन् । यस्तै एकलाल श्रेष्ठले बिश्व मास्टर ईन्डोर च्याम्पियनसिपमा छैटौं स्थान हात पारेको टोली नेता भैरव शाहीले जानकारी गराए ।
टोली २२ गते न्यूजिल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Comment