गौरादहमा बुद्धीचाल

बैगुनधरा खुल्ला राष्ट्रिय बुद्धीचाल प्रतियोगिता १६ देखि १९ असारसम्म झापा गौरादह बैगुनधरामा हुने भएको छ । बैगुनधरा खेल व्यवस्थापन समितीको आयोजना तथा जिल्ला बुद्धीचाल संघ झापाको सह आयोजनामा हुने प्रतियोगिताकाविजेताले ४० हजार रुपैया पुरस्कार पाउने छन् । कुल १ लाख ४५ हजार रुपैया पुरस्कार राशी रहेको प्रतियोगितामा नेपालका शिर्ष खेलाडीहरुको सहभागिताको अपेक्षा गरिएको जिल्ला बुद्धीचाल संघ झापाका अध्यक्षा कृष्ण सिग्देलले बताएका छन् । साथै उनले बैगुनधराको यो प्रयासले गौरादह झापाको अर्को बुद्धिचाल केन्द्रको रुपमा विकास हुने अपेक्षा गरेका छन् ।

Comment