सिमोन सम्मानित

अस्ट्रेलियाको मेलबर्नमा भएको भीकेएल सुकोकाइ खुला कराते च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडी सिमोन खत्रीलाई नेपाल वादोरियो कराते संघले शनिबार स्वागत तथा सम्मान गरेको छ ।
जुन १६ तारिखमा भएको प्रतियोगताको पुरुष ७५ केजीमाथि सिमोनले रजत जितेका थिए । फाइनलमा सिमोन अस्ट्रेलियाका खेलाडीसंग चुकेपछि रजतमा सीमित भएका थिए ।
नेपाल कराते महासंघका महासचिव समेत रहेका वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसी, खेलाडी, प्रशिक्षकलगायतले सिमोनलाई खादा लगाइ स्वागत गर्नुका साथै सम्मान गरेका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा सिमोनको सातौं पदक हो ।

Comment