मनाङ मस्र्याङदी जित बिहिन

नेपालको मनाङ मस्र्याङदी क्लबको एएफसी कप यात्रा जित बिहिन भएर टुंगीएको छ । बुधबार सातदोवाटोमा भएको समुह चरणको अन्तिम खेलमा भारतको चेन्नइनसंग नेपाली टोली ३ –२ ले पराजित भएको हो । कुल ६ खेल खेलेको मनाङ मस्र्याङदीले चारमा पराजित भयो भने दुइ खेलमा बराबरी गरेको थियो । १४ गोल खाएको नेपाली टोलीले यस क्रममा पाच गोल गरेको थियो ।

बुधबार पूवाद्र्धमा गोलरहित सकिएको खेलको उतराद्र्धमा मोहम्मद रफी र इबि सफिया फिल्होले भ्रमणकारी टोलीलाई दुइ गोलको अग्रता दिलाएका थिए । अफिज ओलावाले डिपोले दुइ गोल गर्दै नेपाली टोलीलाई खेलमा फर्काए पनि अन्तिम समयमा रफीले निर्णायक गोल गर्दै भारतीय टोलीलाई जित दिलाए ।

Comment