फेन्सिङ्ग अध्यक्षमा सुनिललाई निरन्तरता


नेपाल फेन्सिङ्ग संघको दोश्रो निर्वाचन तथा साधारण सभाले सुनिल कुमार श्रेष्ठलाई पुनः अध्यक्षमा निरन्तरता प्रदान गरेको छ । शुक्रबार राजधानीमा भएको साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ४ बर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा निराकार मान सिंह रेग्मी, नारायण प्रसाद पौडेल, देवेन्द्र प्रसाद श्रेष्ठ र हेल्गा राणा रायमाझी, महासचिवमा सुजनलाल श्रेष्ठ, सचिवमा अभिषेक कार्की र कोषाध्यक्षमा अनुप कपाली रहेका छन् । नव निर्वाचित संघको बैठकले बिजय शाहीलाई संघको उपाध्यक्षमा मनोनयन गरेको छ ।
यस्तै संघका सदस्यहरुमा सतिष राम बैद्य, राजेन्द्र श्रेष्ठ, रेखमाया गुरुङ्ग, सबिन मानन्धर, प्रविण लाल नापित, रुविन मानन्धर, हरिस पन्त, ज्ञान बहादुर तामाङ्ग र सुरेन्द्र चौधरी रहेका छन् ।
कार्यसमितिका सदस्यहरुलाई निर्वाचन अधिकृत चन्द्र कुमार राईले पद तथा गोपनियताको सपथ गराएका थिए । यस अघि संघको साधारण सभाको नेपाल ओलम्पिक कमिटिकी उपाध्यक्ष ज्योती राणाले उद्घाटन गरीन् । उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको पनि उपस्थिती रहेको थियो ।

Comment